Logo

प्रमुख समाचार

ठेकेदारलाई खोलामा गाड्ने सांसद श्रेष्ठको धम्की



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् कृष्णकुमार श्रेष्ठले समयमै पुल निर्माण नगर्ने ठेकेदारलाई खोलामा गाड्ने चेतावनी दिएका छन् ।

बाराको पर्सौनी र कलैयालाई जोड्ने बंगरी नदीमाथि निर्माणाधीन पुल निर्माणकार्य १५ दिनभित्र नसके ठेकेदारलाई खोलामै गाड्ने चेतावनी दिएका हुन् ।

सांसद श्रेष्ठ सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरूप्रसाद अधिकारीसहित मंगलबार पुल निर्माणस्थलको निरीक्षणमा गएका थिए । उक्त पुल निर्माणको ठेक्का १३ वर्षअघि इलाइटमोना जेभी कम्पनीले लिएको थियो ।

श्रेष्ठले चेतावनी दिइरहँदा उक्त कामको जिम्मेवारी लिएको कम्पनीका ठेकेदार मुकेश चौरसिया अगाडि नै थिए । श्रेष्ठले १३ वर्षसम्म पुल निर्माण नहुनु लज्जाको विषय भएको बताए ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार २१:५८   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।