अहमदाबाद । इण्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पहिलो पटक उपाधि जित्न सफल भएको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आज सम्पन्न फाइनल खेलमा आरसिबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको हो।
आरसिबीको इनिङ्स – १९० रन
टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो।
विराट कोहली: ४३ रन (३५ बल, ३ चौका)
रजत पाटीदार: २६ रन (१६ बल, १ चौका, २ छक्का)
मंयक अग्रवाल: २४ रन
लियम लिविङ्स्टोन: २५ रन
जितेश शर्मा: २४ रन
पञ्जाबका बलरहरू:
कायल जेमीन्सन: ३ विकेट
अर्शदिप सिंह: ३ विकेट
अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख, युजभेन्द्र चहल: समान १ विकेट
पञ्जाबको जवाफी इनिङ्स – १८४/७
१९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो।
शंशाक सिंह: ६१ रन (३० बल, ३ चौका, ६ छक्का)
इङ्लिस: ३९ रन (२३ बल, १ चौका, ४ छक्का)
प्रियंशु आर्य: २४ रन
प्रभसिमरन सिंह: २६ रन
निहाल बढेरा: १५ रन
आरसिबीका बलरहरू:
भुवनेश्वर कुमार: २ विकेट
कुर्नाल पाण्ड्या: २ विकेट
रोमारियो शेफर्ड, जोस हेजलवुड, यश दयाल: समान १ विकेट
इतिहास रच्दै आरसिबी
आरसिबीले चौथो पटक फाइनल खेलेको थियो।
सन् २००९ मा डेक्कन चार्जससँग
२०११ मा चेन्नई सुपर किंग्ससँग
२०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको आरसिबी
अन्ततः २०२५ मा पहिलो पटक च्याम्पियन बन्न सफल भयो।
पञ्जाब पुनः उपविजेता
पञ्जाब किंग्स दोस्रो पटक फाइनल पुगेको हो।
सन् २०१४ मा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो।
यस पटक पनि उपविजेतामा सिमित भयो।
अब आईपीएलले ८ औं च्याम्पियन टोली पाएको छ। यसअघि चेन्नई, मुम्बई, हैदराबाद, कोलकाता, डेक्कन, राजस्थान र गुजरातले उपाधि जितिसकेका छन्।




















प्रतिक्रिया