Logo

अर्थ

धितोपत्र बोर्डलाइ इप्पानले भन्यो- कमिसन अध्यक्षले मागेका होइनन्



काठमाडौँ । अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि लगाईएको कमिसनको आरोप झुट्टा भएको इप्पानले जनाएको छ। नेपाल धितोपत्र बोर्डले मागेको स्पष्टीकरणको जवाफ पेश गर्दै इप्पानले अध्यक्षले कमिसन नमागेको स्पष्ट पारेको हो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई जबाफ दिँदै भनेको छ-‘अध्यक्षबाटै पैसा मागिएको भनेका होईनौ, आइपिओ निष्कासन गरिदिन्छु भन्दै बिचौलियाले पैसा मागेको गुनासो साथीहरुबाट आएको भनिएको हो।’

बिचौलियाले पैसा मागेको भन्ने गुनासो प्रवर्द्धकहरूबाट आएको अध्यक्ष कार्कीले बताएका छन्। साथै, उनले रोकिएको सेयर निष्कासन अनुमति प्रक्रिया छिटो गरिदिन पनि आग्रह गरेको बताए।

नेपाल धितोपत्र बोर्डकाले आईपीओ निष्कासनको स्वीकृति माग गरिएका तर यसका लागि आवश्यक प्रक्रिया पूरा नभएका कम्पनीको आईपीओ निष्काशन अनुमति दिएको छैन। लेखा समितिको निर्देशनअनुसार ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीहरूको आईपीओ निष्कासन रोकिएको छ।

इप्पानको आधिकारिक जवाफसँगै अध्यक्ष श्रेष्ठलाई कमिसनका नामम बद्नाम गराएर बोर्डबाट निकाल्ने र आँफू अनुकुलका व्यक्ति नियुक्त गर्न स्वार्थ समूह सक्रिय रहेको भन्ने बिषय पुष्टि भएको छ। अध्यक्षमाथि लगाइएका आरोपलाई इप्पानले लिखित पत्रमार्फत् हल्ला मात्र भएको स्पष्ट पारेको हो।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १७:५६   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।