युएईमा जारी इण्डियन प्रिमियर लिग(आइपीएल) १३ औँ संस्करणको उपाधि मुम्बई इन्डियनसले जितेको छ । फाईनलमा दिल्लीलाई हराउँदै ५ औँ पटक उपाधि हात पारेको हो ।
आईपीएल को फाइनल पछि, खेलाडीहरूमा पैसाको वर्षा नै भएको थियो । जसमा किंग्स इलेवन पंजाबका कप्तान लोकेश राहुल यस सत्रमा अधिकतम ६७० रन बनाएर ओरेन्ज क्याप हासिल गर्न सफल भए । उनले दोस्रो स्थानमा रहेका दिल्लीका शिखर धवनलाई ५२ रनले पछि पार्दै उक्त क्याप जितेका हुन् । लोकेश राहुलले ओरेन्ज क्याप जितेको यो पहिलो पटक हो । यस सँगसँगै उनले १० लाख रुपैयाँको चेक पाएका छन् ।
त्यस्तै दिल्ली क्यापिटलस्का तीब्र गतिका बलर कागिसो रबाडा आईपीएलको १३ औँ संस्करणमा सर्वाधिक विकेटका लिदै पर्पल क्याप विजेता बनेका छन् । रबडाले ३० विकेट लिदै यो उपाधि हात पारेका हुन् । उनले दोस्रो स्थानमा रहेका जसप्रित बुम्राहलाई ३ विकेट ले पछि पारेका थिए । रबाडाले पनि १० लाखको चेक पाएका छन् ।
यसैबीच इण्डियन प्रिमियर लिग आइपीएल को अफिसियल ट्विटरले राहुल र रबडालाई बधाई दिएको छ ।




















प्रतिक्रिया