Logo

अर्थ

भिभो नेपालले ‘न्यानो नानी’ अभियानमार्फत स्थानीय आविष्कारलाई बढावा दिँदै



काठमाडौं । सामाजिक उत्तरदायित्व र दिगो विकासप्रतिको आफ्नो अटल प्रतिबद्धता अनुरूप, भिभो नेपालले डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा महत्त्वपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्वको घोषणा गरेको छ ।

यस अभियान अन्तर्गत, भिभो नेपालले हालै सार्वजनिक गरिएको भिभो भि ५० लाईट स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट रु. ५० राष्ट्रिय आविष्कार केन्द्रद्वारा विकसित ‘न्यानो नानी’ परियोजनामा सहयोगस्वरूप प्रदान गर्नेछ ।

‘न्यानो नानी’ एक स्थानीय रूपमा डिजाइन तथा निर्मित प्रविधि हो, जसले नेपालका दुर्गम तथा शीत क्षेत्रहरूमा रहेका समयअगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई जीवनदायिनी ताप प्रदान गर्दछ।

भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएकाे भन्दै यो सहकार्यले नेपाली समुदायप्रति हाम्रो समर्पण र दिगो नवप्रवर्तनलाई प्रतिविम्बित गर्ने बताए ।

‘न्यानो नानी’ परियोजनामा योगदान गर्दै हामी शिशु जीवनको संरक्षणमा सहयोग पुर्याउनुका साथै, स्वस्थ नेपालको हाम्रो साझा लक्ष्यलाई अगाडि बढाइरहेका छौं’ उनले भने ।

त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले भिभो नेपालको समर्थनले ‘न्यानो नानी’ परियोजनालाई अझ धेरै क्षेत्र र समुदायसम्म विस्तार गर्न मद्दत पु¥याउने बताए ।

यो साझेदारीले नेपालभरिका थप परिवारहरूमा स्थानीय स्तरमा निर्मित जीवनरक्षक प्रविधि आवश्यक परिवारहरूमा पु¥याउने हाम्रो अभियानलाई अझ सशक्त बनाउँने उनकाे धारणा छ ।

भिभो नेपालको यो पहलले प्रविधि र सामाजिक प्रभावको समन्वय गर्दै दीगो, सकारात्मक परिवर्तन ल्याउने लक्ष्यलाई उजागर गर्दछ। यस अभियानमार्फत, कम्पनीले स्थानीय आविष्कारमा लगानी गर्दै देशभर नवजात शिशु स्याहारमा सुधार ल्याउने र सार्थक सामाजिक परिवर्तनका लागि बलियो कदम चालेको छ ।

 

प्रकाशित मिति : १ असार २०८२, आईतवार १३:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।