Logo

विविध

एक लाख रुपैयाँ घुससहित भूमि प्रशासन कार्यालयका नासु पक्राउ



काठमाडौं । सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमलसिना एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

मोही कायम भएको जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलबार तिमलसिनालाई उनकै कार्यकक्षबाट घुसबापत लिइसकेको एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगका अनुसार तिमलसिनाविरुद्ध घुस रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा बुधबार विशेष अदालतबाट म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार २१:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।