Logo

राजनीति

केन्द्रीय समिति बैठक विषवमनको थलो बन्यो : सिवाकोटी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टीको केन्द्रीय समिति बैठक भ्रष्टाचार आरोपमा निलम्बित सांसदको ‘विषवमन गर्ने थलो’ बनेको आरोप लगाएका छन् ।

सिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुनुपर्ने जिकिर गरे ।

सिवाकोटीले पार्टी नेतृत्वसँग प्रश्न गरे, ‘प्रधानमन्त्री, पार्टी सभापति, संवैधानिक अंगका प्रमुख र महामन्त्रीमाथि खुला रुपमा आक्रमण गर्दा पनि कांग्रेसमा मर्यादा, अनुशासन र पदीय गरिमा भन्ने कुरा हुन्छ कि हुँदैन?’

स्रोतका अनुसार बुधबारको बैठकमा पूर्वमन्त्री मोहन बस्नेत विशेषगरी कांग्रेस महामन्त्री गगन थापामाथि आक्रोशित देखिएका थिए । उनले आफूमाथि अख्तियारले दायर गरेको मुद्दा सम्बन्धमा महामन्त्री थापाको पनि भूमिका रहेको आशय प्रकट गरेका थिए।

बस्नेतले ‘कसै पनि सग्लो छैन’ भन्दै भ्रष्टाचारको आरोप सबैलाई जोडिएको संकेत गरेका थिए। तर सिवाकोटीले यस्तो व्यवहारले पार्टीलाई रक्षात्मक अवस्थामा पुर्‍याउने भन्दै आलोचना गरे ।

 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १६:५८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।