Logo

प्रमुख समाचार

रवि लामिछानेको पक्षमा कलाकारहरूको हस्ताक्षर



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षमा कलाकारहरूले हस्ताक्षर गरेका छन् ।

शुक्रबार हस्ताक्षर गर्दै लामिछानेको पक्षमा कलाकारहरूले ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच कलाकारहरू किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछाने लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन् ।

लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीको तेस्रो स्थापना दिवसबाट देशभरि हस्ताक्षर अभियानमा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार २२:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।