Logo

प्रमुख समाचार

स्वास्थ्यमन्त्री चढेको जहाज सिमराको रनवेबाट फर्कियो



काठमाडौं । सिमरा विमानास्थलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल चढेको बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ ।

‘मौसम एक्कासि बिग्रीएपछी रन–वेबाट उड्नै लागेको जहाज फर्कियो,’ विमानस्थलबाट एक कर्मचारीले रातोपाटीलाई भने ।

ती कर्मचारीका अनुसार सिमरामा अहिले मेघ गर्जन सहित भारी वर्षा भइरहेको छ । विमानबाट ओर्लेर मन्त्री पौडेल भीआइपी कक्षमा बसिरहेका छन् ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार २०:२६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।