काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी र अल नेपाल हस्पिटल प्रा. लि. को संयुक्त आयोजनामा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम काठमाडौंको सामाखुसीस्थित अल नेपाल हस्पिटलको प्रांगणमा आज बिहान १० बजे सुरु भएको हो।
कार्यक्रमको समन्वय लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीका अध्यक्ष लायन अशोक बेल्बासे र अल नेपाल हस्पिटलका म्यानेजिङ डाइरेक्टर सुमन पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल, डिस्ट्रीक्ट ३२५M, नेपालका गभर्नर PMJF लायन धनिराम बरालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन मन्तव्य दिँदै उनले लायन्स क्लबहरूले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा गरिरहेको योगदानको प्रशंसा गरे। “रक्तदान जस्तो जीवनदायिनी कर्ममा क्लबहरू सक्रिय हुनु सकारात्मक सन्देश हो,” उनले भने।
कार्यक्रममा First Lady विष्णु बराल, First Vice District Governor PMJF लायन रत्न प्रसाद पराजुली, Chief of Protocol MJF माधव पाण्डे, Region Chairperson शिवदेव पाण्डे लगायतका डिस्ट्रीक्ट पदाधिकारीहरूको गरिमामय उपस्थिति थियो।

स्वास्थ्य क्षेत्रका प्रतिनिधिका रूपमा ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, Matron अनिता सुवेदी, तथा त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र (T.U. Lions Blood Transfusion & Research Centre) का नर्सिङ इन्चार्ज अर्चना अधिकारीसहित ६ सदस्यीय प्राविधिक टोलीको पनि सक्रिय उपस्थिति थियो।
लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनीको तर्फबाट वरिष्ठ उपाध्यक्ष लायन नेत्र बिष्ट, उपाध्यक्ष लायन तिलक ओली, सचिव लायन मित्रदेव भुसाल, कोषाध्यक्ष लायन बाबुराम खनाल र बोर्ड सदस्य लायन मानप्रसाद बुढाको सहभागिता उल्लेखनीय रह्यो।
अल नेपाल हस्पिटलको तर्फबाट अध्यक्ष नलराज पौडेल, सञ्चालक मौसम कुमार श्रेष्ठ र सञ्चालक रजनी शर्माको समेत उल्लेखनीय उपस्थिति थियो।
सामाजिक सेवा र जनस्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा लायन्स सदस्य, स्वास्थ्यकर्मी, सर्वसाधारण र सामाजिक कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दर्जनौं युनिट रगत संकलन गरिई T.U. Lions Blood Transfusion & Research Centre मार्फत सुरक्षित रूपमा संग्रह गरिएको जानकारी दिइएको छ।
कार्यक्रमको समापन अवसरमा अल नेपाल हस्पिटलका म्यानेजिङ डाइरेक्टर सुमन पौडेलले भन्नुभयो, “हाम्रो संस्थाले सदैव सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग पुर्याउँदै आएको छ। लायन्स क्लबसँग सहकार्य गर्दै आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाउँदा गर्व लागेको छ।”
लायन्स क्लबका अध्यक्ष लायन अशोक बेल्बासेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै भने, “रक्तदान सानो जस्तो लागे पनि यो कुनैको जीवन बचाउने महान कार्य हो। हाम्रो क्लबले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।”





















प्रतिक्रिया