काठमाडौं । मकवानपुरस्थित लाल बकैया नदी मंगलबार साँझ सतर्कता तह पार भएको छ ।
जुरेली बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनेले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
साउन ६, साँझ ६:५० बजे मकवानपुर जिल्लास्थित लाल बकैया नदी, जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाइराखौँ, विभागले जारी गरेको सूचनामा उल्लेख छ ।





















प्रतिक्रिया