भरतपुर । चितवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार भरतपुर महानगरपालिका–१८, गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय थापा घाइते भएका हुन् ।
उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रासस





















प्रतिक्रिया