Logo

प्रमुख समाचार

टेलिग्राम प्रतिबन्ध: संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन



 

काठमाडौं । सरकारले टेलिग्राममाथिको लगाएको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन भएको २८ सरोकारवाला संस्थाले जनाएका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन् ।

“नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता गरियोस्,” विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राममा पहुँच रोक्न दिएको निर्णय एकपक्षीय र अपारदर्शी रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार ०६:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।