Logo

कर्णाली प्रदेश

ठूली भेरी नदी सतर्कता तह पार



काठमाडौं । डोल्पास्थित ठूली भेरी नदीमा बिहीबार (साउन २९) राति बाढी आएको छ । त्रिपुराकोटमा ठूली भेरीको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन २९ गते, राति १० बजे । डोल्पास्थित ठूली भेरी त्रिपुराकोट जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेकोले उक्त नदी तटीय क्षेत्रमा आसपास रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार २२:३५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।