Logo

प्रमुख समाचार

बागमतीका नवनियुक्त ५ मन्त्रीले लिए शपथ



हेटाैंडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनीहरूलाई आज मन्त्री पदमा नियुक्त गरेका थिए ।

सामाजिक विकास मन्त्रालयमा काभ्रेका बादे, आर्थिक मामिला तथा याेजना मन्त्रालयमा रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी रायमाझीले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १६:५५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।