काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ३९ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ३१ करोड रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३७ करोड छ । लगानी तथा ऋणवापतको आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब १५ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब २१ करोड छ ।
अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रतिसेयर आम्दानी १२.६३ रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १२.७९ रुपैयाँ छ ।
कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोडबाट बढेर १० अर्ब ८६ करोड पुगेको छ । माघ मसान्तसम्म २० अर्ब पुर्याउने प्रतिवद्धता जनाएको छ । हकप्रद र चालु आर्थिक वर्षको नाफाबाट कम्पनीले चुक्ता पूँजी २० अर्ब पुर्याउनेछ ।
कम्पनीको सञ्चित नाफा ८२ करोड ७६ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा छ ।




















प्रतिक्रिया