काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूएलईडी टिभीको नयाँ लाइनअप सार्वजनिक गरेको छ । यसमार्फत नेपाली उपभोक्ताले सामसङको क्रान्तिकारी ‘भिजन एआई’ प्रविधिको अनुभव गर्न सक्नेछन् । कम्पनीका अनुसार यो नयाँ पुस्ताको एआई क्षमताले टेलिभिजनसँगको सम्बन्धलाई पुनः परिभाषित गर्दै दैनिकीलाई अझ समृद्ध बनाउन मद्दत गर्नेछ ।
सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई कृत्रिम बुद्धिमत्तामार्फत अझ जीवन्त र व्यक्तिगत बनाउँछ । यो प्रविधि तीन आधारभूत स्तम्भमा आधारित छ— एआई मोड, एआई एक्स्पिरिएन्स र मल्टी–डिभाइस कनेक्टिभिटी ।
एआई मोडमार्फत वरिपरिको वातावरण र हेर्दै गरिएको कन्टेन्ट अनुसार वास्तविक समयमा तस्वीर र आवाज समायोजन हुन्छ । एआई एक्स्पिरिएन्सले प्रयोगकर्ताको बानी सिक्दै कन्टेन्ट सुझावदेखि सेटिङसम्म व्यक्तिगत बनाउँछ। मल्टी–डिभाइस कनेक्टिभिटीले टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सहजै जडान गर्न सकिन्छ ।
सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाले भने, “सामसङ भिजन एआईले स्क्रिन अनुभवलाई पूर्ण रूपमा प्रयोगकर्तामुखी बनाएको छ । हाम्रो नयाँ एआई टिभीहरूले घरमै सिनेमाजस्तो अनुभव दिनेछन् र प्रिमियम टिभी बजारमा हाम्रो नेतृत्वलाई अझ बलियो बनाउनेछन् ।”
नयाँ पुस्ताका प्रमुख फिचरहरू
युनिभर्सल जेस्चर कन्ट्रोल : अब रिमोट बिना नै हातका इशारामार्फत टिभी सञ्चालन गर्न सकिन्छ,
एआई अप्स्केलिङ : कम रिजोलुसनको कन्टेन्टलाई फोर के गुणस्तरमा रूपान्तरण गर्छ,
जेनेरेटिभ वलपेपर : निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्छ,
पेट एण्ड फेमिली केयर मोड : घरपालुवा वा बच्चाको असामान्य गतिविधि पत्ता लगाएर सचेत गराउँछ,
स्मार्टथिङ्स हब : टिभीलाई स्मार्ट होम कन्ट्रोल सेन्टरमा रूपान्तरण गर्ने क्षमता,
सुरक्षा : सामसङ नक्स प्लेटफर्ममार्फत व्यक्तिगत डेटा र गोपनीयताको मजबुत सुरक्षा।
मोडेल र मूल्य
नयाँ क्यूएलईडी फोर के लाइनअपमा QA85Q7F, QA75Q7F, QA65Q8F र QA55Q8F मोडेलहरू उपलब्ध छन् ।
८५ इञ्च QA85Q7F – रु ३९९,९९०
७५ इञ्च QA75Q7F – रु २८९,९९०
६५ इञ्च QA65Q8F – रु २५५,९९०
५५ इञ्च QA55Q8F – रु १८२,९९०
यसका साथै, सामसङले नयाँ UHD, FHD र HD टिभी मोडेल पनि बजारमा ल्याएको छ, जसको मूल्य रु ३८,९९० देखि सुरु हुन्छ ।
ईएमआई सुविधा र अफर
ग्राहकहरूले नयाँ सामसङ क्यूएलईडी टिभी इन्स्टा फाइनान्स सेवा (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड) मार्फत मासिक रु ९,९२७ बाट सुरु हुने ० प्रतिशत ब्याजदरमा ईएमआईमा प्राप्त गर्न सक्नेछन् । प्रक्रिया सजिलो छ, जसका लागि नागरिकता मात्र आवश्यक हुन्छ । साथै, पुराना टिभी साटासाट गरेर पनि नयाँ मोडेल लिन सकिनेछ ।





















प्रतिक्रिया