Logo

प्रमुख समाचार

रवि लामिछानेकाे स्वास्थ्यमा समस्या, डाक्टरहरू जेलमै पुगे



 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ ।

रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरबाट स्वास्थ्यकर्मी कारागारमै बोलाएर परीक्षण भइरहेको रास्वपा नेता दिपक बोहराले बताए ।
उनले भने, ‘उहाँको रुपन्देहीबाट ल्याउँदा हातका छालाहरू पहेँलो भएको थियो । लामो समय बाहिर निस्कन नपाएको कारणले पनि हुनसक्छ । अहिले रगत परीक्षण हुँदैछ ।’

लामिछानेलाई शनिबार रुपन्देहीबाट नख्खु कारागार सरुवा गरेर ल्याइएको थियो ।

रवि लामिछानेलाई कुनै निश्चित स्वास्थ्य समस्या आएको हैन, प्री-चेकअप गरिएको जेलर भीमप्रसाद कोइरालाले दाबी गरे ।
‘त्यसका लागि चिकित्सकलाई जेलमै बोलाइएको हो । अन्य कैदी बन्दीलाई पनि जेलमा राख्दा स्वास्थ्य परीक्षण हुने गरेको छ’, उनले भने ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार २०:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।