Logo

कोरोना भाइरसका कारण यसबर्ष ‘पुष्प मेला’ नहुने



कोरोनाभाइरसका कारण प्रतेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ यस वर्ष नहुने भएको छ । तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो ।

तिहार आउन एक हप्ता बाँकी हुँदा जावलाखेलको फुटबल मैदानमा पाँच दिनसम्म उक्त मेला हुने गरेको थियो । गत वर्ष मेलामा विभिन्न ४०० प्रजातिका ५२ फूलको प्रदर्शनी कक्ष राखिएको थियो भने रु ७५ लाखको आर्थिक कारोबार भएको थियो । मेलामा काठमाडौँ उपत्यकाका फूल व्यवसायीले भाग लिने गरेका फ्लोरीकल्चर एसोसिएसनलेका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए ।

कोरोना फैलिरहेकै समयमा सुरक्षा सावधानी अपनाएर बजार खुले पनि पुष्प मेल गर्न नसकिने अध्यक्ष श्रेष्ठको भनाइ छ । हरेक दिन काठमाडौँ उपत्यकामा कोरोनाका बिरामी बढ्दै गएका र मेलामा ठूलो भीडभाड हुने र नियन्त्रण गर्न कठिन हुने हुनाले यस वर्ष स्थगन गरिएको हो ।

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने पनि अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पानद नभएकाले आयातित फूलको आवश्यक नहुने भएको हो ।

 विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यसवर्षको पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाएका हुनाले उत्पादन राम्रो छ । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । 

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  २ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।