Logo

प्रमुख समाचार

सभापति देउवाले देश छोड्नुपर्ने कारण नभएको प्रवक्ता महतको दाबी, पासपोर्ट लिएकोबारे के भने ?



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छोड्ने कल्पनासमेत नगरिएको र देश छोड्नुपर्ने कुनै कारण नभएको बताएका छन् । यही असोज ३ गते थाइल्याण्ड जानेगरि नयाँ पासपोर्ट बनाएको भनेर विवाद भैरहेको सन्दर्भमा आज महतले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनले सभापति देउवाले देश छोड्न लागेको भनेर झुटो प्रचार गरिएको बताए । सभापति देउवालाई हिजो लोकतान्त्रिक आन्दोलनमा अग्रभागमा लड्दापनि यसैगरि हतोत्साही गरिएको महतले स्मरण गराए ।

उनले भदो २४ गते सभापति देउवामाथि सांघातिक हमला हुने देख्दादेख्दैपनि घर छोडेर नभागेको स्मरण गराउँदै अहिले देश छोडेर भाग्न लागेको भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताए । उनले भने,‘उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन।

सांघातिक रुपमा हमला हुने देख्दा देख्दै पनि घर छोड्नुभएन भने देश छोड्नुपर्ने कुनै कारण छैन।’ सो क्रममा उनले सभापति अस्पतालमा उपचारमा रहँदा महामन्त्रीद्धयले निकालेको विज्ञप्तीप्रति असन्तुष्टि पोखे ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १३:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।