Logo

कर्पोरेट फोकस

कामना सेवा प्रथम त्रयमासको वित्तीय विवरण प्रकाशन



काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व.२०८२/८३ को प्रथम त्रयमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्म ६३ अर्व ७८ करोड निक्षेप संकलन गरि ५३ अर्व ४५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले प्रथम त्रयमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ । सोही अवधीसम्म बैंकको कुल सम्पत्ती ७१ अर्व ६३ करोड पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ ।

बैंकले हालैमात्र नेपालको बैंकिङ ईतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो, जसले आफ्ना ग्राहकहरुलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आ.व. ८१/८२ को संचित मुनाफावाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार ०८:४६   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।