Logo

प्रमुख समाचार

एक दिनअघि मात्र गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलनको चेतावनी



शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने घोषणा गरेको नेपाल नर्सिङ सङ्घले आफूले उठाएका सबै माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सङ्घले नर्सका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारी पाँचौँ तह बराबरको तलब दिनेलगायत सहमति भएको पनि यसबाहेकका बुँदामा आन्दोलनरत पक्षको आपत्ति रहेको जनाएको छ ।

आन्दोलनरत नर्स र सङ्घबीच आज बसेको आकस्मिक छलफलले आन्दोलनका कार्यक्रम पूर्वयोजनाअनुसार जारी राख्दै ४८ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिइएको सङ्घकी महासचिव डा देवकाकुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माग सम्बोधन नभएमा सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेक सम्पूर्ण नर्सिङ सेवा देशव्यापी ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ ।

यद्यपि, आइतबार नै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत नर्सिङ सङ्घ, अफिन एवं निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिबीच सहमति भएको भन्दै सहमतिका मुख्य बुँदा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार २१:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।