काठमाडाैं । सीजीले आफ्नो घरायसी उपकरण ब्रान्डअन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक नेपाली भान्साको सुविधा, समय बचत र स्वास्थ्यलाई ध्यानमा राख्दै कम्पनीले ‘सीजी मिडिया स्मार्ट एयर फ्रायर मोडेल’ सार्वजनिक गरेको हो ।
सीजीएमआरएएफ८एलएआई मोडेलको यस एयर फ्रायरले घरेलु पकवान् प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको कम्पनीको दाबी छ ।
सीजीएमआरएएफ८एलएआई– नेपालको पहिलो एआई एयर फ्रायर हो । यसको पावर १८०० वाट र क्षमता ८ लिटरको रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो नेपालमा पहिलोपटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) र इन्टरनेट अफ थिङ्स (IoT) प्रविधि संयोजन भएको एयर फ्रायर हो । यसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरूमार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ । त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्छ, जसले हरेक पटक उत्तम र सटिक परिणाम सुनिश्चित गर्छ ।
साथै, यस उपकरणलाई सीजी स्मार्ट होम एपमार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ । प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा यस एयर फ्रायरमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
यस एयर फ्रायरका मुख्य विशेषताहरू यस्ता छन्
• २५ स्वचालित मेनुसहितको एआई प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येकपटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ,
• खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि,
• ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमताको बास्केट,
• फ्राइ, ग्रिल, रोस्ट वा बेक– एकै उपकरणमा विविध पकाइ विकल्पहरू रहेको,
• ८० डिग्रीदेखि २०० डिग्रीसम्मको तापक्रम नियन्त्रण– सटिक र लचक पकाइका लागि,
• तेलबिना नै कुरकुरे स्वाद पाइने र सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि,
• पकाइको अवस्थालाई सजिलै नियाल्न सकिने पारदर्शी झ्याल सुविधा ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार, सीजी ब्रान्डले सीजीएमआरएएफ८एलएआई एयर फ्रायर भित्र्याएर नेपालमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने प्रयास गरेको छ । सार्वजनिक गरिएको सीजीएमआरएएफ८एलएआई एयर फ्रायरको अधिकतम खुद्रा मूल्य १६ हजार १ सय ४० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
साथै, यो एयर फ्रायर देशभरका सबै सीजी डिजिटल आउटलेटहरूका साथै अन्य खुद्रा स्टोरहरू र कम्पनीको आधिकारिक वेबसाइट मार्फत पनि सहजै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
देशभर २० वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ । साथै, ग्राहकहरूको सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ ।




















प्रतिक्रिया