Logo

प्रमुख समाचार

इपिएसकाे भाषा परीक्षा आजदेखि



काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले सन् २०२५ का लागि दक्षिण कोरिया जाने उत्पादनतर्फका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सोमबार (मङ्सिर १) देखि सुरु हुने जनाएको छ।

इपिएस शाखाका अनुसार, यस वर्ष भाषा परीक्षाका लागि एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका थिए। यसैमध्ये उत्पादनमूलक क्षेत्रमा कार्य गर्न चाहने ६७ हजारलाई प्राथमिकतामा राखेर परीक्षा पहिलो चरणमा सञ्चालन गरिँदैछ। कृषि र पशुपालन क्षेत्रका ३५ हजार परीक्षार्थीको परीक्षा अर्को मितिमा तय गरिने तयारी भइरहेको छ।

शाखाले उल्लेख गरेको छ कि परीक्षा दुई महिनाभित्र सक्ने गरी तालिका बनाइएको छ। भाषा परीक्षा सम्बन्धी सूचना नेपाल र कोरिया दुबै मुलुकबाट सोमबार एकै पटक सार्वजनिक गरिनेछ।

कोरियाले हाल १७ इपिएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक माग गरेको छ। पछिल्लो समय भाषा परीक्षामा ढिलाइ भएपछि नेपाललाई दिइएको कोटा अन्य देशमा जान सक्ने सम्भावना रहेको इपिएसले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ०९:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।