Logo

प्रमुख समाचार

जेनजी आन्दोलनः दुवै आँखा गुमाएका सन्तोषलाई प्रधानमन्त्रीले भेटिन्



प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उनले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिएकी हुन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, भुरेलीका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो । गोली लागेपछि उनले दुवै आँखा गुमाएका हुन् ।

उनका बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही हुनुपर्ने माग गरे ।

उनले आफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकामा चिन्ता व्यक्त गरे ।

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईंलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु । किनभने हामी पनि आमाबाबु हौँ ।

सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु । तर यो समस्या तपाईंको मात्र होइन । उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला । बच्चाको पढाइ, श्रीमतीको कामका लागि पनि पहल गरौँला । चिन्ता नगर्नुहोस् ।”

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार २१:१२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।