Logo

प्रमुख समाचार

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको निर्देशकमा कल्पना श्रेष्ठ नियुक्त



भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकमा डा कल्पना श्रेष्ठलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माको सिफारिसमा केन्द्रको निर्देशकमा डा.श्रेष्ठलाई नियुक्त गरिएको हो ।

यसअघिका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठको कार्यकाल सकिएपछि केन्द्रको कार्यकारी निर्देशक पद खाली थियो । कल्पना केन्द्रकी अस्थायी चिकित्सक हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार २१:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।