Logo

अटो

प्रोटोन ईमासको काठमाडौँमा एक्सचेन्ज अफर एक दिन थप



प्रोटोन ईमासले राजधानीमा सञ्चालन भइरहेको विशेष एक्सचेन्ज अफर कार्यक्रम एक दिन थप गरेको छ। जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी ईभी ब्रान्ड प्रोटोन ईमासले उक्त कार्यक्रम अब नोभेम्बर २१ देखि २४ सम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा सञ्चालन गर्ने भएको हो। कम्पनीले पूर्वनिर्धारित अवधिमा ग्राहकको माग तथा भीडभाडलाई मध्यनजर गर्दै एक दिन थप गरिएको जनाएको छ।

चार दिनसम्म चल्ने यस अफरमार्फत विद्यमान सवारी साधनलाई अत्याधुनिक इलेक्ट्रिक गाडीमा रूपान्तरण गर्न इच्छुक ग्राहकले विस्तृत जानकारी पाउने छन्। कम्पनीका अनुसार कार्यक्रम स्थलमै प्रोटोन ईमासको प्रविधि, प्रदर्शन, सुरक्षा सुविधा तथा सञ्चालन खर्चबारे विशेषज्ञहरूबाट प्रत्यक्ष जानकारी लिन सकिनेछ।

प्रोटोन ईमास ७ मा १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ किमि र ५८५ किमि एनइडिसी रेञ्ज उपलब्ध छ, जसले बजारमा रहेका प्रतिस्पर्धी मोडलहरूमा मजबुत विकल्प प्रस्तुत गरेको कम्पनीको दाबी छ। कम्पनीले यस मोडलको लम्बाइ ४६१५ मिमी रहेको बताएको छ, जसले विस्तृत केबिन स्पेस र प्रिमियम डिजाइनको अनुभव दिन्छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार २१:२७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।