काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि नयाँ भर्ना प्रक्रिया सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनाअनुसार प्रहरी निरीक्षकमा २१ जना र सहायक निरीक्षकमा ४३८ जनाका लागि आवेदन आह्वान गरिएको हो।
सूचनामा उल्लिखित जानकारीअनुसार आवश्यक योग्यता पुगेका इच्छुक नागरिकले प्रहरी निरीक्षक पदका लागि माग ५ गतेसम्म र सहायक निरीक्षकका लागि माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। प्रहरी संगठनमा नयाँ जनशक्ति भर्ना खुल्नासँगै तयारीरत युवामध्ये उत्साह देखिएको छ।





















प्रतिक्रिया