Logo

अर्थ

एलिकाद्वारा आइसिसी टी–२० विश्वकप अवसरमा विशेष उपहार योजना सार्वजनिक



काठमाडौं । विश्व प्रसिद्ध इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आइसिसी टी–२० विश्वकप २०२६लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।

‘जोशका साथ खाना पकाउने’ नारासहित ल्याइएको यस अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको छ ।

यस विशेष योजनाअन्तर्गत एलिकाका चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालको आइसिसी टी–२० विश्वकप खेलको टिकट जित्ने अवसर प्राप्त गर्नेछन् ।

साथै, भाग्यशाली विजेताले ४ रात/५ दिनको पूर्ण मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

एलिका आधुनिक डिजाइन, शक्तिशाली सक्सन र विश्व स्तरीय प्रविधिका लागि विश्वभर परिचित ब्रान्ड हो । एलिकाका चिम्नीहरूले धुवाँ, गन्ध र तेलको असरबाट किचनलाई मुक्त राख्दै खाना पकाउने अनुभवलाई अझ सहज, स्वच्छ र आनन्ददायी बनाउँछन् । यही कारण एलिका आज नेपाली किचनहरूको पहिलो रोजाइ बन्दै गएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले एलिका [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ । योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन् ।

यस अभियानसम्बन्धी थप जानकारीका लागि नजिकको आधिकारिक एलिका शोरुममा सम्पर्क गर्न वा सीजी इलेकट्रोनिक्सका आधिकारिक प्लेटफर्ममार्फत जानकारी लिन सकिनेछ ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार १२:४१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।