Logo

अर्थ

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन (फागुन ६ गते)भित्र आवेदन दिनुपर्नेछ । निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार ११:५३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।