Logo

प्रमुख समाचार

मनोनयन दर्तापछि कुलमानले भने- अत्याधिक मतले जित हासिल गर्छु



काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन् । मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूलाई क्षेत्र नम्बर ३ का जनताले धेरै माया र विश्वास गर्ने बताउँदै भारी मतकासाथ आफूले जित हासिल गर्ने दाबी गरे ।

उनले भने,‘नेपाली जनताले माया गर्नुभएको छ । विश्वास गर्नुभएको छ । त्यसैले मलाई विश्वास गर्नुहुन्छ, जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास छ । सबैले जित्छु भन्ने सम्भावना बोकेर नै आउनुहुन्छ । उहाँहरुलाई शुभकामना दिनुपर्छ । तर मलाई यो क्षेत्रबाट अत्याधिक मतले जनताले जिताएर पठाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’

देशमा भएको भ्रष्टाचारको विरुद्ध र सुशासनको लागि आफूहरु अगाडि आएको बताउँछै जनताको अनअपेक्षा र जेनजीको माग अनुसार काम गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:५८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।