Logo

समाचार

कालिकोटमा प्रकाण्डले दर्ता गराए उम्मेदवारी



सुर्खेत । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले उम्मेदवारी दर्ता गराएका छन् ।

उनी स्वयं कालिकोट पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा होमिएका छन् । २०६४ सालमा माओवादीबाट चुनाव लडेका उनले २७ हजार बढी मत ल्याएर जितेका थिए ।

तर प्रचण्डसँग असन्तुष्टि जनाउँदै उनी नेत्रविक्रम चन्द्र विप्लवतिर लागेका थिए, उनी कालिकोटमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् । यहाँ नेकपाबाट महेन्द्रबहादुर शाही, एमालेबाट नगीन्द्र शाही, रास्वपाबाट प्रकाश न्यौपाने, स्वतन्त्रबाट जीवन बुढा र भूपेन्द्रजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार २०:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।