बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य मतदानको तयारी पूरा भएको छ। अहिले ९ बजेदेखि सुरु हुने मतदान सबै तयारी पूरा भएको निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले बताए ।
यहाँ ३ सिटको लागि ८ जना उम्मेदवार मैदानमा रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले गठबन्धनबाट ३ जना, नेकपा ३ जना र जनमोर्चाका २ उम्मेदवार रहेका छन् ।
स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष एवं प्रदेश सभा सदस्य मतदान रहे व्यवस्था भएपनि यहाँ नेपालगन्जका उपमेयर कमउद्वन राईले राजीनामा दिएका छन् ।
उनी राष्ट्रिय सभा निर्वाचन मतदान गर्नबाट वञ्चित रहेछन् । यता प्रदेशका ८७ जना प्रदेशसभा सदस्यमध्ये चार जनाले मतदान गर्न पाउने छैनन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभा सदस्य सङ्ख्या ८७ बाट घटेर ८३ मा झरेको हो।
यस कारण राजीनामा दिएका चार जना प्रदेशसभा सदस्यले मतदान गर्न नपाउने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरले जानकारी दिए।
मतदान गर्न नपाउनेमा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, यसअघि नेपाली कम्युनिस्ट पार्टीमा रही हाल प्रलोपा पार्टीबाट उम्मेदवार बनेकी कृष्णा केसी,
यसअघि नागरिक उन्मुक्ति पार्टीमा रही हाल उज्यालो नेपाल पार्टीमा आबद्ध धर्मबहादुर चौधरी तथा लोकतान्त्रिक समाजवादी पार्टीमा रही हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका कन्हैया बनिया रहेका छन्।





















प्रतिक्रिया