काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे । चितवनका कमलसिंह ऐरी, उसमा मिर, सलाउद्दिन खानले २/२ विकेट लिए ।
चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ । यसैगरी आज साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् ।





















प्रतिक्रिया