सुर्खेत । आइतबार भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदानबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही निर्वाचित भएका छन् । कर्णालीबाट दुई पदका लागि भएको निर्वाचनमा शाही ‘अन्य’ कलस्टरबाट निर्वाचित भएका हुन् ।
उनले प्रदेशसभातर्फबाट २५ र स्थानीयतर्फ १०० मत पाएका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।
उनले अन्य कलस्टरमा प्रतिस्पर्धा गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बा बुद्धिप्रसाद शर्मालाई पराजित गरे । शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरेका थिए ।
स्मरण रहोस् राष्ट्रिय सभामा निर्वाचित शाही २०७९ को प्रदेश सभा चुनावमा जनताबाट पराजित नेता हुन् । त्यो पनि गठबन्धन हुँदाहुँदै । ०७९ को प्रदेश सभा चुनावमा कांग्रेस–माओवादी र एकीकृत समाजवादीबिच गठबन्धन थियो ।
शाही जुम्ला (१)बा गठबन्धनका साझा उम्मेदवार थिए । तर आफूले टिकट नपाएको भन्दै कांग्रेसकै नेता देवेन्द्रबहादुर शाही ललितजंगविरुद्ध बागी लडे ।
पानीको धारा चुनाव चिन्ह लिएर चुनावमा गएका देवेन्दले गठबन्धनका साझा उम्मेदवार ललितजंगलाई १ हजार ८९९ मतान्तरले हराइदिए । बागी लडेका शाहीले ९ हजार ६५४ मत पाए भने कांग्रेसबाट लडेका शाहीले ७ हजार ७५५ मत मात्रै पाए ।





















प्रतिक्रिया