Logo

राजनीति

पार्वत गुरुङद्वारा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र



काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।

यसैक्रममा गुरुङले एमाले बिगु–काठमाडौं सम्पर्क मञ्चको बैठकमा सहभागी हुँदै निर्वाचन केन्द्रित रणनीतिबारे छलफल गरेका हुन् । बैठकमा चुनावी अभियान सञ्चालन, युवा परिचालन तथा काठमाडौं उपत्यकामा रहेका दोलखाका मतदातालाई मतदानमा सहभागी गराउने विषयमा विस्तृत चर्चा गरिएको थियो।

गुरुङले पार्टीलाई विजयी गराउन संगठनात्मक एकता, सक्रिय कार्यकर्ता परिचालन र मतदातासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । साथै, दोलखाको विकास, पूर्वाधार विस्तार र स्थानीय जनताको अपेक्षा सम्बोधन गर्ने एजेन्डाका साथ निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा सहभागी नेताहरूले काठमाडौंमा रहेका दोलखाका मतदाताबीच समन्वय गरी अभियानलाई थप सशक्त बनाउने तथा मतदानका लागि मतदातालाई गाउँसम्म पुर्‍याउने व्यवस्था मिलाउने निर्णय गरेको जनाइएको छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ११:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।