जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका जनतासँग केवल मत माग्न नभई दीर्घकालीन सम्बोधन गाँस्न आएको बताएका छन्।
थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार छन् । मंगलबार उनले नेता–कार्यकर्तासँग भेटका क्रममा यस्तो बताएका हुन् ।
थापाले चुनावका बेला मात्र देखिने पाहुना नेता बन्न नचाहेको स्पष्ट पारे। उनले केही नेताहरू चुनावको समयमा मात्र आएर फोटो खिच्ने औपचारिकता निभाउने र पछि हराउने प्रवृत्तिबाट आफू अलग रहेको दाबी गरे।





















प्रतिक्रिया