काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ यही माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज माघ २२ गते (माघ २३ गते शुक्रबार र माघ २४ गते शनिबार)सम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले आफ्नो ३०औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ३ प्रतिशत बोनस शेयर र करसहित १२.७८९४ नगद लाभांश छन् ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा फेरबदल गर्न निर्देशन भएमा सोहीमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।




















प्रतिक्रिया