प्यूठान । नेपाली कांग्रेसका नेता प्राध्यापक डा. गोबिन्दराज पोख्रेलले नेपालमा रहेको विद्यमान बेरोजगारी समस्या समाधाननै अहिलेको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।
फाल्गुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्युठानबाट कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहेका डा.पोख्रेलले प्युठान लगाएत देशभर युवाहरुमा बेरोजगारी समस्या रहेकाले आफुले अध्यापन गराएका धेरै युवाहरूले तराईका औधोगिक क्षत्रमा स्वरोजगार बनेको स्मरण गर्दै युवाहरुलाई साना तथा मझौला किसिमका रोजगार शृजना गर्न पहिले प्युठानका १० हजार युवाहरुलाई सिप विकास सम्बन्धि तालिम प्रदान गर्ने पहिलो प्राथमिकता दिने बताए ।
मतदाता भेटघाट तथा घरदैलो गर्दै झिमरुक पुगेका डा.पोख्रेलले नितिगत सुधार गरि रोजगार शृजना गर्ने बताएका थिए ।





















प्रतिक्रिया