काठमाडौं। शाही युवा शक्ति नेपाल ले पूर्वराजा ज्ञानेन्द्र शाहको हालै सार्वजनिक अभिव्यक्तिप्रति समर्थन जनाउँदै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न आग्रह गरेको छ।
६४औँ प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमा पूर्वराजा शाहले देशको विद्यमान संकट समाधानका लागि राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको धारणा राखेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै शाही युवा शक्तिले विज्ञप्ति निकालेर उक्त धारणा ‘समय सान्दर्भिक’ भएको जनाएको हो।
विज्ञप्तिमा निर्वाचनपूर्व राष्ट्रिय सहमति कायम गरिए द्वन्द्व, अशान्ति र खिचातानीको अवस्था अन्त्य हुने दाबी गरिएको छ। देशको स्थायित्व र राष्ट्रिय एकताका लागि सबै पक्षलाई जिम्मेवार बन्न संगठनले आग्रह गरेको छ।
केन्द्रीय अध्यक्ष पशुपति खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रहितलाई केन्द्रमा राखेर साझा समझदारी निर्माण गर्न आह्वान गरिएको छ।






















प्रतिक्रिया