Logo

समाचार

मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी, बर्तौलालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित



हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रशान्त उप्रेती विजयी भएका छन्। आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उप्रेतीले ३१ हजार ७ सय २५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बर्तौलालाई १२ हजार १ सय १ मतान्तरले पराजित गरेका छन्। बर्तौलाले १९ हजार ६ सय २४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४ सय ३६ मत पाएका छन्। नेकपाका उम्मेदवार लवशेर विष्टले १२ हजार ७ सय ५४ मत प्राप्त गरेका छन्।

उप्रेतीको जितसँगै मकवानपुर–२ मा रास्वपाले प्रतिनिधिसभामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै समर्थकहरूले हेटौँडामा विजयोत्सव मनाएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार ०७:३८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।