Logo

प्रमुख समाचार

कन्टेन्टका नाममा प्रधानमन्त्रीलाई गाली गर्ने युट्युबर पक्राउ



काठमाडौं । युटुबमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

पोखरेलले ‘HADES’ नामक युट्युब च्यानल चलाउँदै आएका छन् । उक्त च्यानलमार्फत प्रशारण सामाग्रीका आधारमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पोखरेलमाथि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरेर साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आईतवार ११:०३   :  बजे

477
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।