काठमाडौं । बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि यात्रुहरुका लागि नयाँ सुविधा ल्याएको छ । ०८३ वैशाख १ गतेदेखि बुद्ध एयरले आफ्नो रोयल क्लब फ्रिक्वेण्ट प्लायर कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गर्दै यात्रुहरुका लागि नयाँ सुविधा प्रदान गरेको हो ।
नियमित हवाई उडान गर्ने यात्रुहरूका लागि दशकाैंदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएका छन् ।
यात्रु सदस्यहरूले यस फ्रिक्वेण्ट फ्लायर कार्यक्रममार्फत उडानसँगै माईलेज प्वाईण्ट’ जम्मा गर्न पाउनेछन् । निश्चित माईलेज प्वाइण्ट संकलन भएपछि यात्रु तथा तिनका परिवारका सदस्यले डिस्काउण्ट एवं निःशुल्क हवाई टिकट प्राप्त गर्न सक्ने जनाइएको छ ।
सस्तो टिकटमा पनि माइलेज प्वाईन्ट
बुद्ध एयरले यसअघि रिफण्डेबल टिकट अर्थात ‘वाइ’, ‘ए’ र ‘बी’ क्लासमा मात्र यात्रुलाई माईलेज प्वाइण्ट प्रदान गर्दै आएकोमा अबदेखि नन–रिफण्डेबल टिकटमा पनि माईलेज प्वाइण्ट प्रदान गरिने बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ डाईरेक्टर रूपेश जोशीले जानकारी दिए ।
अनलाइनबाटै माइलेज टिकट
अब यात्रुहरूले संकलित माईलेज प्वाइण्ट प्रयोग गरि बुद्ध एयरको मोबाईल एप वा वेवसाईटबाटै सजिलै टिकट काट्न सक्नेछन् । यसअघि यो सुविधा केवल सेल्स काउण्टर वा एयरपोर्ट काउण्टरमार्फत मात्र उपलब्ध थियो ।
जस्तै, काठमाडौंबाट पोखरा उडानमा नन रिफण्डेबल टिकटबाट यात्रुले ११२ माइलेज प्वाइण्ट प्राप्त गर्छन् भने सोही बराबरको अर्को पोखरा काठमाडौं उडान टिकटमा रू. ११२ सम्मको सहजै डिस्काउण्ट प्राप्त गर्न सक्छन् ।
यात्रुहरूले जुनसुकै प्लेटफर्म वा ट्राभल एजेन्सीबाट टिकट काट्दा आफनो रोयल क्लब नम्बर उल्लेख गर्न बुध्द एयरले अनुरोध गरेको छ । यसले यात्रापछि प्राप्त हुने माईलेज प्वाइण्ट तथा डिस्काउण्टको सुविधा लिन सजिलो हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।
रोयल क्लबका सदस्यहरूले सुपर मार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट सपबाट पनि माइलेज प्वाइण्ट प्रयोग गरि डिस्काउण्ट प्राप्त गर्न सक्नेछन् ।
यसका लागि रोयल क्लबले विभिन्न साझेदार संस्थासँग सहकार्य विस्तार गरिरहेको र इच्छुकहरूलाई सहकार्यका लागि आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


















प्रतिक्रिया