Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ८ अर्ब ६६ करोडकाे कारोबार



काठमाडौं । आज वर्षको अन्तिम कारोबार दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.१८ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ ।

आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ६६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावर कम्पनी, सूर्यकुण्ड, होटल फरेष्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १५:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।