Logo

समाचार

रवि लामिछानेको मुद्दामा चितवन अदालतले दियो वारेस सुविधा



काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ ।

रवि लामिछाने को निवेदनमा सुनुवाइपछि सोमबार (चैत ३०) न्यायाधीश केदारनाथ पौडेलको इजलासले उक्त अनुमति दिएको हो ।

सभापति लामिछानेले आफू बिरामी भई काबुबाहिरको परिस्थिति उल्लेख गर्दै आफैँ तारेखमा उपस्थित हुन नसक्ने अवस्था निवेदनमा दर्शाएका थिए ।

अदालतले मुद्दामा प्रतिवादी रहेका लामिछानेले पेस गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई वारेश अनुमतिको आधार लिएको छ ।

अदालतको आदेश अनुसार अब लामिछानेले मुद्दाको तारिखमा आफैँ चितवन अदालत जानुपर्दैन ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार २०:४६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।