काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र मुलुकमा बहुआयामिक गरिबीको दर २०.२७ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने प्रतिबद्धता सार्वजनिक गरेको छ।
६ राजनीतिक दलहरूको घोषणापत्रका आधारमा तयार गरिएको राष्ट्रिय प्रतिबद्धतामा निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित तथा पूरक विकासको मोडल मार्फत आर्थिक तथा सामाजिक असमानता घटाइने उल्लेख छ।
सरकारले आगामी ५ वर्ष औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय ३ हजार डलर तथा कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्याइने प्रतिबद्धता पत्रमा भनिएको छ ।





















प्रतिक्रिया