काठमाडौं । नेपाल सरकारले आगामी पाँच वर्षभित्र देशको गरिबी दरलाई १० प्रतिशतमा झार्ने लक्ष्यसहित प्रतिबद्धता सार्वजनिक गरेको छ।
६ वटा राजनीतिक दलका घोषणापत्रलाई आधार बनाएर तयार गरिएको राष्ट्रिय प्रतिबद्धता–पत्रमा सरकारले हाल करिब २०.२७ प्रतिशत रहेको गरिबी दरलाई आधा घटाउने स्पष्ट लक्ष्य राखेको हो।
प्रतिबद्धताअनुसार निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित तथा पूरक विकासको मोडल अवलम्बन गर्दै आर्थिक तथा सामाजिक असमानता घटाइनेछ।
यसैमार्फत पाँच वर्षभित्र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा सीमित गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी, सरकारले आगामी पाँच वर्षमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ। प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई १०० अर्ब डलर नजिक पुर्याउने प्रतिबद्धता पनि उक्त दस्तावेजमा उल्लेख गरिएको छ।





















प्रतिक्रिया