Logo

विविध

उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा



काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भाइकाजी तिवारी विरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त तिवारीले २७ वर्षे सरकारी सेवाको अवधिमा १० करोड ५४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आयोगको ठहर छ। उनी २०४५ सालमा निजामती सेवामा प्रवेश गरेका थिए भने २०७२ सालमा सेवानिवृत्त भएका थिए।

आयोगले तिवारीको सम्पत्ति अस्वाभाविक देखिएको भन्दै जफतको मागसहित मुद्दा दायर गरेको हो। सो प्रकरणमा उनकी पत्नी मीनादेवी तिवारी र छोरी मीरा तिवारी लाई पनि प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १८:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।