Logo

प्रमुख समाचार

रास्वपा सचिवालयको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् ।

बैठक आज बिहान १२ः३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, बैठकमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धको विषयमा र संसदीय दलको विधान संशोधन तथा अन्य विविध विषयहरूमा छलफल गरिनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार ०७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।