Logo

अर्थ

नेपाल एसबिआई बैंकको लाभांश घोषणा , कति दिँदैछ बोनस र नगद ?



काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना शेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकको हाल कायम चुक्तापुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ ७२ पैसा रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।